चलचित्र ‘मेरो दिल छ पोखरामा’ को छायाँकन आजबाट हुँदै

- September 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आर पोखरेल, काठमाडौं । बिजि बर्मा फिल्मसको ब्यानरमा नेपाली कथानक चलचित्र “मेरो दिल छ पोखरामा“ बन्ने भएको छ ।

त्रिकाणात्मक प्रेम कथामा आधारित रहेर चलचित्र निमार्ण गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए ।

कला राईको प्रस्तुतीमा निमार्ण गरिने चलचित्रमा समाज भित्रका विभिन्न कथाहरुलाई माथी उठाउने निमार्ण पक्षले बताएको छ ।

“मेरो दिल छ पोखरामा“मा रोशन बिसि, रन्जु रन्जना र राजु पौड्याल , कला राई, दिपक राई,लक्ष्मी श्रेष्ठ ,गङा कुवरको अभिनय रहने भएको छ ।

रामकृष्ण कडेँलको छायांकन, देव महर्जन को द्वन्द, राजन महर्जन को नृत्य पुरुषोत्तम न्यौपाने, शंकर अधिकारी घायलको संगीत, दिपेन्द्र खड्का, शंकर अधिकारी घायलको गीत, नित्याशिवा, पुरुषोत्तम न्यौपाने, बिजय अधिकारी र ममता रानाको अवाज रहने छ ।

पोखरा र काठमाडौ को आसपास मा छायांकन हुने चलचित्रलाई आगामी फागुनको अन्तिम साता बजारमा रिलिज गरिने भएको छ ।साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!