मन्त्री भट्टराईलाई दुर्व्यवहार गरेको भन्दै ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा

- September 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई विमानभित्र दुर्व्यवहार अभियोगमा ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा लिएको छ । शाहीलाई आइतबार साँझ ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

नेपालगञ्ज विमानस्थलबाट काठमाडौं आउने क्रममा मन्त्री भट्टराईमाथि दुर्व्यवहार गरेको आरोप छ ।

उनले पुल्चोकमा गर्न लागेको पत्रकार सम्मेलनमा हातपात भएपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मन्त्री योगेश भट्टराईको एक कल फोनले एकछिनमै नियन्त्रण मुक्त भएका थिए ।

तर प्रहरीले हिजो बेलुकै शाहीलाई  अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भएकाले हिरासतमा राखिएको जनाएको छ ।  प्रहरीका अनुसार उनलाई पक्राउ पूर्जी जारी गरेर हिरासतमा राखिएको हो । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!