रक्सी छुटाउने, यौन उत्तेजनाका औषधीको खुलेआम कारोवार

- September 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

तीव्रखबर समाचारदाता

काठमाडौँ । रक्सी छुटाउने, यौन उत्तेजना गराउनेलगायतका औषधीहरुको सरकारले निर्धारण गरेको मापदण्ड विपरीत खुलेआम कारोवार हुँदै आएकोमात्र छैन विभिन्न पत्रपत्रिका तथा अनलाईनबाट मिथ्या प्रचार गरि आम उपभोक्तालाई ठगी गर्नुका अलावा उनीहरुको स्वास्थ्यमाथि खेलवाड हुँदै आएको फेला परेको छ ।

प्राप्त समाचार अनुसार राजधानी लगायत देशका विभिन्न शहरहरुमा खुलेका आयुर्वेद चिकित्सालयहरुले सरकारी नियम विपरितका औषधीहरुको कारोवार गर्दै आएका छन्, । कपाल झर्न रोक्ने, रक्सी छुटाउने, यौनसंग सम्बन्धित रोग र अर्बुद रोग निको पार्ने भन्ने जस्ता औषधीहरुको मिथ्या प्रचार गरी सेवाग्राहीलाई ठग्न केही उपचार केन्द्र र आयुर्वेद चिकित्सालय सक्रिय छन् ।

केही दशकअघिदेखि विष्णुपूर्ण आयुर्वेदिक औषधालय, नेशनल हर्बाे, हिमालयन टेलिशप, हेलोशप नेपाल, बिजी शप, हर्बोे होम, ग्लोबल टिभी शप, ग्लोबल फिटनेश। टेली मार्ट, टेली सेन्टर लगाएतका शपहरुले यसरी अवैध रुपमा यस्ता खाले औषधीहरुको कारोवार गदै आएका छन् । नियम विपरितका औषधीहरुको कारोवार गर्दै आएको ती औषधालयमा औषधी किनेर ठगीमा परेका कृष्णकुमारी सापकोटाले तीव्रखबर प्रतिनिधीलाई बताइन् । सापकोटा भन्छिन् – मेरो लागि कपाल नझर्ने र मेरो श्रीमान्कालागि रक्सी छुटाउने औषधी खरिद गरेर ल्याएकोमा दुवै औषधी काम नलाग्ने परेसंगै आफु ठगिएको थाहा पाए ।

आयुर्वेद विभागमा दर्ता नै नगरि सामाजिक संजालमा विज्ञापन प्रचार प्रसार गरेर कारोवार गर्न पनि दर्जनौं गिरोहहरु सक्रिय छन् ।

कपाल झर्न रोक्ने, रक्सी, चुरोट छुटाउने, यौनसंग सम्बन्धित रोग र अर्बुद रोग निको पार्ने भन्ने जस्ता मिथ्या प्रचार गरी सेवाग्राहीलाई ठग्दैआएका उपचार केन्द्रहरुको आर्युवेद विभागले अनुगमन र नियमन गरिरहेको भएतापनि यस्ता धन्दा न्युनिकरण हुन नसकेको विभागकै एक उच्चअधिकारीले स्वीकार गरे ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!