औषधि व्यवसायी सङ्घमा नयाँ नेतृत्व

- September 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रुपन्देही,  नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित हुनुभएको छ । सङ्घको आगामी नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी जवाहरलाल न्यौपानेलाई पराजित गर्दै भट्टराई निर्वाचित हुनुभएको हो ।

सङ्घको आगामी नेतृत्वका लागि अध्यक्षबाहेक सबै पद निर्विरोध भएको थियो । निर्वाचन समितिका अनुसार अध्यक्षमा भट्टराईले ३२९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने प्रतिद्वन्द्वी न्यौपानेले १२८ मत प्राप्त गर्नुभएको थियो । मतदानका क्रममा छ मत बदर भएको निर्वाचन समितिका संयोजक कृष्ण भट्टराईले बताउनुभयो ।

सङ्घको उपाध्यक्षमा खड्गबहादुर बस्नेत, महासचिवमा पुरुषोत्तम भट्टराई, सचिवमा नारायणबहादुर थापा र कोषाध्यक्ष पदमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै सहकोषध्यक्षमा माधव खनाल र सदस्यमा गणेश सेढाईं, कृष्ण पोखरेल, गोपाल घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसअघि अञ्चल शाखाको रूपमा रहेको सङ्घको जिल्ला कार्यसमितिका लागि पहिलोपटक अधिवेशन भएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!