गायिका अस्मिता ‘दिल भित्र सार्वजनिक (भिडियो सहित)

- September 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा सर्वोकृष्ट गीत संगीतहरु आइरहेको अवस्थामा बहुप्रतिभाशाली गायक किरण केसी र गायिका अस्मिता चौलागाईँको आवाजमा सजिएको मौलिक लोकदोहोरी गीत ‘दिल भित्र’ को भिडियो सार्वजनिक भएको छ ।

मायालु जोडीको प्रेमको भावहरु गीतमा समेटिएको छ । आफ्नी मायालुको चित्र मनमा भएको कुरालाई गीतमा समेटिएको छ । आफनी मायालुलाई टाडा नहुनको लागी गायकले आग्रह गरेका छन  ।

राजु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेकोे छ । विक्रम चौहानको निर्देशन , प्रकाश खड्काको छायाँकन तथा लक्ष्मण चौहानको सम्पादन रहेको छ  । सार्वजनिक गीतमा राजु विरही र अनु पराजुलीको अभिनय तथा नृत्य रहेको छ । साभार

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!