सेयर-बजार : रोकिएन नेप्सेको ओरालो गति

- September 11, 2019 मा प्रकाशित

काठमाडौं, आज बुुधबार पनि नेप्से घटेको छ । नेप्से आज तीन दसमलव ४६ अंकले घटेर ११ सय ६३ दसमलव ३१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७९ अंकले घटेर दुुई सय ५४ दसमलव ७८ अंकमा पुगेको छ ।

एक सय ७१ कम्पनीहरुको पाँच हजार चार सय ३० वटा कारोवारमा १५ लाख तीन हजार नौ सय २८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३४ करोड १७ लाख ४५ हजार एक सय ३६ रुपैयाँ पुुगेको छ ।

१२ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहको सुचक उच्च अंकले घटेका छन् । ति मध्ये बाँणिज्य बैक समुहको सुचक एक दसमलव ७५ अंकले घटेर एक हजार ६८ दसमलव ९७ अंकमा पुुगेको छ ।

Facebook Comments

प्रतिक्रिया