अवैध रुपमा ल्याएको सुन सहित गुरुङ पक्राउ

- September 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं,  नेपाल एयरलाईन्सको उडानद्धारा थाईल्याण्डको बैङ्ककबाट नेपाल आएका राहदानी नम्बर ११२१९४२९  बाहक मनाङ मिस्याङ गाउँपालिका-१ का ५७ वर्षीय कर्मा टासी गुरुङलाई अवैध रुपमा ल्याएको करिब ३ सय ८० ग्राम सुन सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

एयरपोर्ट भन्सार एरियामा मेटल डिटेक्टर र मेडिकल एक्सरे गरी जाँच गर्दा गुरुङको मलद्वारको पछाडिपट्टी उक्त सुन फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!