विदेशमन्त्री वाङ यी र प्रचण्ड बिच होटलमै भेटवार्ता

- September 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न होटल मेरिएटमा पुगेर भेटवार्ता गरेका छन् ।

केही समय पहिले काठमाडौंमा सम्पन्न पाँचौ नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका भारतीय नवनियुक्त विदेशमन्त्री डा. एस.जयशंकरसँग प्रोटोकल देखाउँदै भेट्न नगएका प्रचण्ड भने चिनियाँ विदेशमन्त्री भेट्न आफैं होटल पुगेका छन् । उनको यो कदम बारे आश्चर्यजनक टिकाटिप्पणी भइरहेको छ ।

भदौ २२ गते आइतबार नेपाल आएका चिनियाँ विदेमन्त्री वाङले स्वदेश फर्किनुअघि मंगलबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमत्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटघाट गरेका हुन् ।

बिहानै भक्तपुर घुमेर फर्किएका वाङले ९ बजेदेखि करिब साढे ९ बजेसम्म प्रचण्डसँग एक्लाएक्लै भेटवार्ता भएको हो । उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!