निर्देशनमा शिखर चुम्दै निर्देशक पाण्डे

- September 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । धादिङ्ग जिल्लामा २०४६ सालमा जन्मिएको देवेन्द्र पाण्डे चलचित्र क्षेत्रका उदयमान चलचित्र निर्देशक हुन ।

२०५८ साल देखि चलचित्र क्षेत्रमा लागेका निर्देशक पाण्डेले दुई वटा चलचित्र निर्देशन गरिसकेका छन् । साथै हालसम्म चार सय भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन् ।

जुन चलचित्रका कारणले निर्देशक पाण्डेलाई चलचित्र क्षेत्रमा सफलता मिलेको छ । सुरुमा सहायक नृत्य (कोरस) गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका पाण्डेले धेरै चलचित्रमा सहायक निर्देशन गरेका छन् । जुन कामले गर्दा उहाँलाई यो स्थानमा आइपुग्न सहयोग गर्यो ।

निदेशक पाण्डेले ‘‘वान साइड लभ’’ नेपाली चलचित्र निर्देशन गरी दशर्क सामु प्रस्तुत गरेका थिए । जुन चलचित्रले दर्शकको मनमा बस्न सफल भएको थियो । यहि चलत्रिको सफलता पछि २०७५ सालमा ‘‘भिलेन’’ चलचित्रको निर्देशन गरेका थिए ।

जुन चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ उचाईमा पु¥याएको थियो । लगातार सफलता हासिल गर्दै गएका निर्देशक पाण्डेले पछिल्लो समय तराई पहाडको सम्वन्ध चिसिदै जाँदा त्यसलाई जोडन यस चलचित्रको कथाले पुलको काम गयो ।

जुन चलचित्रमा तराई र पहाड बिच सम्बन्ध देखाएको थियो । जुन चलत्रिमा सुपरस्टार निखिल उप्रेती, सिल्पा पोखरेल र निशा अधिकारी लगायत कलाकारको मुख्य भुमिका रहेको थियो ।

जुन चलचित्रले निर्देशक पाण्डेलाई थप उचाईमा पु¥याएको छ । साथै उनीले नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७२ मा धेरै लघु चलचित्रलाई पछि पर्दै प्रथम स्थान हासिल गरेको थिए ।

जुन प्रतियोगितामा प्रधान सेनापती राजेन्द्र क्षेत्रीले एक लाख पचास हजार सहित प्रमाण पत्र निर्देशक पाण्डेलाई प्रदान गरेका थिए । जुन लघु चलचित्रमा निर्देशक पाण्डेको कथा र निर्देशन रहेको थियो ।

पहिल्लो समय म्युजिक भिडियोमा व्यस्त निर्देशक पाण्डेले नयाँ चलचित्रको तयारीमा जुटेका छन् । जुन चलचित्र युवा पुस्तालाई समावेश गरी चलचित्र निर्देशन गर्दै छन् । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!