ब्राउनसुगर सहित दुई नियन्त्रणमा

- September 9, 2019 मा प्रकाशित

काठमाण्डौ,  महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले यही २२ गते १०:०० बजे चन्द्रागिरी नगरपालिका-२ नागढुङगा चेकपोष्टमा काकरभित्ताबाट काठमाण्डौ आउदै गरेको ना.७ ख.१०५५ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा ईलामका कञ्चन प्रधानलाई पक्राउ गरेको छ ।

प्रधानले लुकाई छिपाई ल्याएको अबस्थामा चेकजाँच गर्दा प्रहरीले ४७.७ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।

यसै गरी महानगरीय प्रहरी प्रभाग कपनले यही २२ गते १७:०० बजे बुढानिलकण्ठ नगरपालिका १२ मिलन चोकबाट सुनिल थपलियालाई पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने थपलियाको साथबाट प्रहरीले फेनरागन, नुफिन र डाईजेपाम गरि ११ एम्पुल बरामद गरेको छ  । दुबै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । साभार

Facebook Comments

प्रतिक्रिया


Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV

भर्खरै