सलाम एयरले हप्तामा सातैदिन काठमाडौं ओमान उडान गर्ने

- September 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

नेपालमा पर्यटक भित्र्याउने एउटा महत्वपूर्ण माध्यम हवाई सेवा रहेको परिप्रेक्षमा सहज रुपमा पर्यटक भित्र्याउन सलाम एयरले आफ्नो काठमाडौं उडानमा हालको हप्ताको तीन दिनबाट बढाएर सातै दिन उडान शुरु गर्ने भएको छ ।

सलाम एयरको नेपाल जीएसए आइएमई ट्राभलद्वारा आइतबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा उक्त विषयमा जानकारी प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले सलाम एयरको उक्त निर्णयले ‘ पर्यटन वर्ष २०२० ’ लाई सफल बनाउन सहयोग पु¥याउने बताउनुभयो ।

नेपालमा आउने पर्यटकहरूको संख्यामा वर्षेनी वृद्धि हुँदै गएको बताउँदै मन्त्री भट्टराईले ‘पर्यटन वर्ष २०२०’ को अवसरमा एयर लाइन्स कम्पनीहरूको व्यापार–व्यवसाय प्रवद्र्घनमा थप योगदान पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सलाम एयरको सेवा विस्तार पछि वैदेशिक रोजगारी काक्रममा मध्यपूर्व लगायत विश्वमा रहेका नेपाली दाजुभाई दिदी बहिनीहरूलाई थप सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै विदेशी पर्यटक भित्र्याउन समेत महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सलाम एयरको सेवा विस्तारसँगै आगामी वर्ष एक लाख पर्यटकलाई सेवा दिने कम्पनीले लक्ष्य लिएको बताउनुभयो ।

सलाम एयरका कमर्सीयल डाइरेक्टर माजीनअल सलमानीले मध्यपूर्वमा धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका र नेपाल आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तब्य मुलुक भएको कुरालाई ध्यानदिएर आइएमई ग्रुपसँगको सहकार्यमा हवाई सेवाविस्तार गरिएको जानकारी दिए ।

सलाम एयरका हेड अफ सेल्स मोहम्मदअल देसुकीले आइएमई ट्राभल जस्तो विश्वसनीय व्यवसायीक साझेदार नेपालमा पाइएकाले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न सहजहुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पर्यटन सचिव केदार बहादुर अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राजजोशी, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङ्गलगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एक्सेल, हार्भेस्ट मुन, हेल्लो, लाइट, मेचीकाली, मुस्कान, वोपन वे, प्रयास, रसिता र सी लिंकगरि कुलदश (१०) ट्राभल एण्ड टुर्स एजेन्टहरुलाई सम्मानित गरिएको थियो ।

नेपालको पर्यटन प्रवद्र्घनमा सबैलाई प्रोत्सान मिलोस् भन्ने मुख्य उद्देश्यका साथ सलाम एयरले आफ्नो काठमाडौं उडानको एक वर्ष पुग्नै लागेको अवसर पारेर दशट्राभल एजेन्सीहरुलाई सम्मानित गरिएको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जानकारी दिनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!