नयाँ गीत ‘कस्तो चलन’ लिएर चर्चित गीतकार हरि उप्रेती (भिडियो सहित)

- September 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । लोकप्रिय गीतकार हरि उप्रेतीको नयाँ गित “कस्तो चलन”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

द भ्वाइस अफ नेपालका विजेता सी डी विजय अधिकारीको स्वर तथा संगीत रहेको गीतमा भने फणिन्द्र राइले एरेन्ज रहेको छ । गीतको म्युजिक भिडियोलाई हाईलाइट्स नेपालको यु ट्युब मार्फत आइतबार  सार्वजनिक  गरिएको हो ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा अबेश बज्राचार्यको छायांकन र माधव बेलबासेको सम्पादन रहेको छ । म्युजिक भिडियोमा कृष्ण देबकोटा, पुजा, करन र सुनिलले अभिनय गरेका छन् ।

लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीतको सिर्जनामा रहेका गीतकार हरि उप्रेतीको करिब २ दर्जन गीतहरु सार्वजनिक भैसकेका छन् भने  १ दर्जन जति चलचित्रको गीतहरुमा उनको सिर्जना सुन्न सकिन्छ ।

सन् २०१५ बाट औपचारिक रुपमा गीत लेख्न सुरु गरेका उनको गीतमा नेपालका ख्यातिप्राप्त गायक गायिकाको आवाज दिएका छन् ।

उनले लेखेका गीतहरुले विभिन्न ५ वटा अवार्ड प्राप्त गरिसकेका छन् । गीतलेखनको साथै समाजसेवामा त्यतिकै अग्रसर गीतकार उप्रेतीले प्रभु नारायण चौधरी फाउन्डेसनबाट रास्ट्रीय सम्मान समेत प्राप्त गरिसकेका छन् । साभार

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!