चलचित्र ‘पोई पर्यो काले’ को गीतमा पुजासँग सौगातको जोडी

- September 8, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

समिर नेपाल, काठमाडौं । तिहारको अवसर पारेर कात्तिक ८ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको शिर्ष गीत ‘पोई पर्यो काले’ सार्वजनिक भएको छ ।

सार्बजनिक लोक शैलीको गीतमा अर्जुन पोखरेलको संगीत तथा शब्द लाल बहादुर खाती र निर्पेश उप्रेतीले रहेको छ । उक्त गीतमा रामचन्द्र कफ्ले र अन्जु पन्तले स्वर दिएका छन्  भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

गीतमा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, सृस्‍टि श्रेष्ठ, सोहित मानन्धर र सुरक्षा पन्तलाई फिचरिङ्ग गरिएको छ ।उक्त गीतलाई शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।

किरण नेपालीको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा र श्रृष्टि श्रेष्ठको मूख्य भूमिकामा देखाएको छ ।

चलचित्र ,पोई पर्यो काले’मा शिशिर राणाको लेखन तथा निर्देशन रहेको छ । यो चलचित्रमा दिपक मनाङ्गे (राजिब गुरुङ) र सरोज नेपाली निर्माण तथा अमलादेवी राई कार्यकारी निर्माता  हुन् ।

कमेडी प्रेम कथामा निर्माण भएको चलचित्र ‘पोई पर्यो काले’ मा  सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, सुरक्षा पन्त, किरण नेपाली, श्रृष्टि खड्का, शिशिर राणा, राजाराम पौडेल, बिन्दा खतिवडा, श्याम राईलगायत कलाकारहरु रहेका छन् | साभार|


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!