प्रभाषको ‘साहो’को हिन्दी भर्सनले कति कमायो ?

- September 8, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रभाष र श्रद्धा कपुर स्टारर् ‘साहो’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्म क्रिटिक्सले खासै राम्रो प्रतिक्रिया नदिएपनि ‘साहो’ले दर्शकहरुको राम्रो साथ पाइरहेको छ । ‘साहो’को हिन्दी भर्सनले पनि बक्स अफिसमा उत्कृष्ट कलेक्शन गरिरहेको छ । बक्स अफिस कलेक्शनको मामलामा यो फिल्मले कयौं रेकर्डहरु आफ्नो बनाइसकेको छ ।

केही दर्शकहरुलाई यो फिल्मको कहानी कन्फ्युजिङ लागेता पनि कहानीमा सस्पेन्स छ । बलिउडमा यो वर्षको सबै भन्दा ठूलो फिल्मको रुपमा ‘साहो’ नै उभिएको छ । बक्स अफिस इन्डियाका अनुसार गत शुक्रबार ६ सेप्टेम्बरका दिन यो फिल्मले ३.५० करोडको कमाई गरेको थियो । अहिलेसम्मय साहोको हिन्दी भर्सनले बक्स अफिसमा ११८.५० करोड भन्दा बढीको व्यापार गरिसकेको छ ।

फिल्ममा ८० देखि ९० को दशकको ग्याङ्ग स्टार र उनीहरुको अपराधिक क्रियाकलापको कहानीलाई पर्दामा प्रस्तुत गरिएको छ । फिल्ममा अभिनेत्री श्रद्धाले आफ्नो स्पेसलाई राम्ररी निभाएकी छन् । प्रभाष र श्रद्धाको कुशल बोन्डिङलाई पनि प्रस्तुत गरिएको छ । साभार गरिएको।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!