युथ क्रीयसनले ईटहरीमा गरेको ‘मिसेस पुर्वान्चल तिज क्विन’मा दर्शक मुर्गा

- September 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ईटहरी/ नेपालमा ब्युटी प्याजेन्टहरु पछिल्लो समय निक्कै नै बढेर गएको छ । यस्तै घुलमुलमा बिकृती पनि बढिरहेको उदाहरण हाम्रै अगाडि छ । बिकृती र बिवादले यस्ता प्रतियोगिता चुर्लुम्मै डुब्दा ब्युटी प्याजेन्टमा चासो देखाउनेहरुको मनोबल घट्दै गैरहेको बुझ्न सकिन्छ । यस्तै हिन्दु महिलाहरुको महान पर्वको रुपमा रहेको तिजलाई लक्षित गर्दै ईटहरीमा आयोजना भएको “मिसेस पुर्वान्चल तिज क्विन” मा जम्मा ३ जना सहभागी र सोही ३ जनालाई पहिलो, दोश्रो र तेस्रो बनाईएको खुल्न आएको छ । यस्ता घटना बिरलै पाईन्छ । 

अझै रोचक त के छ भने युथ क्रीयशन नेपाल काठमाडौले ईटहरीमा सनिवार सम्पन्न गरेको फाईनलमा उपस्थित दर्शक मुर्गा बने । स्टेजमा देखिएका सहभागी १२ जना तर प्रतिष्पर्धी भने ३ जना मात्रै । २ जान फोटोसुट पछि फाईनलमा आएनन् । सो ३ जना भन्दा बाकि ७ जनालाई भने २/२ हजार लिएर फेसन शो मात्र गराईएको खुलेको छ । तर दर्शक दिर्घमा बसेर हेर्नेको लागि भने सबै प्रतिष्पर्धी नै हुन भन्ने भान भएको श्रोत बताउछ । शोबाट बिजेता सिर्जना अधिकारी पोख्रेल, फर्स्ट रनरअप कृष्टिना थापा र सेकेन्ड रनरअप सिला केसि भएकी थिइन् ।

यस्तै झुटको खेतिले गर्दा पछिल्लो समय नेपालमा युवायुवतीहरुले आफ्नो सौन्दर्य कला संगै नेतृत्व तथा बौद्धिक बिकास गर्न सक्ने ठूलो प्लाट्फर्मलाई अभिभावक तथा दर्शकले भने खासै महत्त्वपूर्ण रुपले हेरिएको पाईदैन । उक्त शोमा उपस्थित दर्शकहरूले “सबै बाल बिवाह गरेका प्रतिष्पर्धी हुन कि क्या हो ? साना-साना छन मिसेस तिजमा पनि” भनेर अन्यौलताको प्रश्न तेर्स्याउदा आफुले प्रष्ट पार्दिनु पर्दा नरमाईलो लागेको हामिलाई श्रोतले जानकारी दिए । 

यता गेस्ट मोडलका रुपमा निम्तो गरिएका मोडलहरुलाई पनि राम्रो स्थान नदिएको गुनासो आएको छ । गेस्ट मोडलको रुपमा फाईनल शोमा पुगेका मोडलहरुलाई निर्णायकले प्रतिष्पर्धीलाई दिएको नम्बर जोड्न लगाउने देखि स्टेजमा बारम्बार थालमा मायाको चिनो बोक्न लगाउने कार्य भएको छ । यस्ता खालको कार्यले आफुहरुलाई दुखी बनाएको भन्दै आयोजकको आलोचना गरेका छन् । काठमाडौ पछि युथ क्रीयशनले केही समय अघिमात्रै पनि मोरङमा अवस्थित गोकर्ण रिसोर्टमा “पुर्वान्चल फेसन शो” सम्पन्न गरेको थियो । त्यहा पनि आयोजकले वाहवाही दर्शकबाट पाउन नसकेको उदाहरण प्रसस्तै छन् । काठमाडौ देखि नै आलोचित हुँदै आएको आयोजक यो कार्यक्रममा पनि अछुतो रहन सकेन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!