गायक कृष्ण काफ्लेको ‘मेरो मुटु’ को भिडियो सार्वजनिक

- September 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गायक कृष्ण काफ्लेको स्वर रहेको रोमान्टिक गीत ‘मेरो मुटु’ को भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्दमा दीपक शर्माको संगीत रहेको उक्त गीतमा संगीत संयोजन बाबु प्रधानको रहेको छ ।

गीतको सार्वजनिक भिडियोमा उत्सब दाहालको छायांकन रहेको छ भने सम्पादन बिकास दाहालले गरेका हुन् । पोखरा र ललितपुरको बज्रवाराही आसपासमा छायांकन गरिएको भिडियोमा अनीश बिक्रम शाह र भूमिका केसीको अभिनय देख्न सकिन्छ ।

फिल्मी शैलीमा निर्माण गरिएको भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल निर्देशक अधिकारीले पछिल्लो समय फिल्मी शैलीमा भिडियोहरु निर्देशन गर्दै आएका छन् ।

‘गीत सुन्दै गर्दा गीतको धुनले जती मनमा शान्ती प्रदान गर्छ, त्यसको भिडियो हेर्दा आँखालाई शितलता प्राप्त हुनु पर्छ । त्यसैले पछिल्लो समय भिडियोको प्रस्तुतीकरणलाई विशेष ध्यान दिने गरेको छु’, निर्देशक अधिकारीले भने ।

‘पर्ख पर्ख मायालु’ गीत जस्तै रोमान्टिक शैलीको ‘मेरो मुटु’ गीतलाई पनि दर्शकहरुले मन पराइदिनुहुनेछ भन्नेमा विश्वस्त छु भन्दै गायक काफ्लेले यो गीतबाट आफुले निकै आशा गरेको बताए । साभार

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!