अनुगमनबिनै १८० औषधि उद्योगको औषधि नेपाली बजारमा भित्रि रहेको

- August 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  ।   तेस्रो मुलुकबाट आयात हुने १८० औषधि उद्योगको अनुगमन नै नगरी ती उद्योगले उत्पादन गर्दै आएका हजारौं ब्रान्डका औषधि नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । औषधि व्यवस्था विभागका अनुसार हाल नेपालमा ३ सय विदेशी औषधि उद्योगबाट उत्पादित औषधि आयात हँुदै आएको छ । तर, आवश्यक जनशक्तिको अभावमा प्रभावकारी रूपमा अनुगमन गर्न नसकिएको विभागका अधिकारीहरू स्विकार्छन् ।

२०६१ सालबाट औषधिको जीएमपी ९विश्व स्वास्थ्य संगठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस० सुरु भएको थियो । नेपाली बजारमा बिक्री भइरहेका औषधिमध्ये १८० वटा विदेशी औषधि उद्योगको अनुगमन गर्न सकेको छैन । ती कम्पनीले पेस गरेको कागजपत्रका आधारमा मात्र औषधि बिक्रीका लागि स्वीकृति दिँदै आएको छ । नेपालमा मुख्यतः भारत, बगंलादेश, चीन, भियतनामलगायतका देशबाट औषधि आयात हुने गरेका छन् ।
नेपालमा अहिलेसम्म ३ सय विदेशी औषधि उद्योगले बजारीकरण गर्दै आएका छन् । दुई किसिमका उद्योग स्वयं कम्पनी आफंैले बजारका प्रतिनिधि राखेर बजारीकरण गर्ने र नेपालमा वितरक ९डिस्ट्रिब्युटर्स० खडा गरेर आफ्नो उत्पादन मूल्यमा केही प्रतिशत नाफा राखी सम्पूर्ण जिम्मेवारी नेपाली वितरकलाई दिने गरेका छन् । स्रोतका अनुसार निजी ल्याबबाट औषधिको परीक्षण भई स्वीकृत हुँदै आएको छ । सरकार मातहत औषधि प्रयोगशाला भए पनि निजी ल्याबलाई अनुमति दिएर आयात गरिएका औषधि परीक्षण भइरहेका छन् ।

अनुगमन र निरीक्षण गरिएका केही कम्पनीले दोहो¥याएर असल उत्पादन अभ्यास ९जीएमपी० नगरिएको पाइएको छ । औषधि व्यवस्था विभागका अनुसार गत वर्ष २७ वटा विदेशी औषधि उद्योगको अनुगमन गरिएको थियो । जसअन्तर्गत २१ वटा नयाँ र ६ वटा पुराना उद्योग परेका थिए । सम्बन्धित उद्योगको अडिट रिपोर्टका आधारमा नवीकरण गर्ने गरिएको छ । औषधिविज्ञ बाबुराम हुमागाईंले औषधि उद्योगको अनुगमन प्रभावकारी नभएको बताए । उनले भने, ‘उद्योगको अनुगमन के एक÷दुई दिनमै हुन सक्छ र रु प्रतिबन्ध लगाइएका औषधि उद्योगले उत्पादन गरेका औषधि अहिले पनि नेपाली बजारमा बिक्री भइरहेका छन् । अनुगमनभन्दा पनि विश्वास ठूलो कुरा हो ?’

नेपाल औषधि व्यवसायी संघका महासचिव रामचन्द्र शर्माले विदेशी औषधि उद्योगको अनुगमन गरिनुपर्ने बताए । उनले दर्ता भएका औषधि असल उत्पादन अभ्यास ९जीएमपी० नलिएर आयात हुनै नसक्ने दाबी गरे । शर्माले भने, ‘विदेशबाट आयात हुने औषधिको जीएमपी अडिट प्रत्येक वर्ष भइरहेको छ । विदेशी उद्योगको नेपाल मात्रै मार्केट होइन नि रु’
नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले विदेशी उद्योगको समय–समयमा अनुगमन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘औषधि उद्योगको अनुगमन समय–समयमा गर्नुपर्ने दायित्व राज्यको हो । केन्द्रीय ल्याबको विकास गरेर त्यहीँबाट परीक्षण गरी स्वदेशी तथा विदेशी औषधि बिक्रीका लागि स्वीकृत दिने व्यवस्था मिलाउनुपर्छ ।’
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले केही विदेशी उद्योगको भौतिक स्थिति अनुगमन हुन नसकेको स्वीकार गरे । उनले विभागले तोकेको न्यूनतम मापदण्ड पूरा गरेका उद्योगले उत्पादन गरेका औषधि मात्रै नेपाली बजारमा आयात भइरहेको बताए । उनले भने, ‘प्रत्येक प्रोडक्टको सीओपीपी ९सर्टिफिकेट अफ फार्मास्युटिकल प्रोडक्ट० र जीएमपी ९गुड म्यानुफ्याक्चरिङ प्राक्टिस०का आधारमा उद्योगको दर्ता र नवीकरण भइरहेको छ । निरीक्षण नभएका उद्योगका लागि कोलाबोरेसन रजिस्ट्रेसन प्रोग्राममार्फत समेट्छौं ।’ अहिले विभाग मातहत ११५ जना कर्मचारी कार्यरत छन् । कर्मचारीको संख्या न्यून हुँदा पनि अनुगमन कार्य प्रभावकारी हुन नसकेको औषधि व्यवस्था विभागले जनाएको छ । राजधानीबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!