केपी ओलीसँगको झगडाबारे माधव नेपालले खोले मुख, यस्तो रहेछ रहस्य !

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र कम्युनिस्ट प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबीच सचिवालय बैठकमै झगडा भएको विषयले राजनीतिक बजार तताएको छ ।सचिवालय बैठकमा भएको झगडालगत्तै केपी ओली उपचारका लागि सिंगापुर गएका छन् भने नेता नेपाल नेपालमै छन् । ओलीसँग भएको झगडाबारे नेता नेपालले मुख खोलेका छन् ।

उनेल ओलीसँग भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन् । सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरूले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विवादलाई सामान्य रुपमा लिन आग्रह गरे ।

विषयवस्तुमाथिको बुझाइमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने भन्दै उनले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिएका छन् ।

‘झगडा भयो भनेर वैवाहिक जीवनप्रति नै निराश होइन, समस्या समाधानका लागि हो । राजनीतिमा पनि भागेर नभई समस्यासँग जुध्दै र सामना गर्दे अघि बढ्नुपर्छ,’ कार्यक्रममा वरिष्ठ नेता नेपालले भने, ‘नेताहरूबीच भनाभन भएछ भनेर पूर्ववक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो योबाट अत्तिनु केही पनि पर्दैन । यो घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? त्यही हो । बिहे गर्नु नै बेकार रहेछ ।

छोराछोरी जन्माउनु नै बेकार रहेछ भन्नु ? यो जीवनको यथार्थ हो । पछाडि हट्नु हुँदैन । आएका समस्यालाई कसरी समाधान गर्ने ? समस्या त आउछन्। आओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । सामाजिक जीवनमा प्रवेश गर्ने हो भने अनेकौं समस्याहरु आउँछन् । बाधा अवरोधहरु आउँछन् । ती समस्याहरूको सामना गर्ने आँँट हुनुपर्छ ।’

नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राखेका थिए । उनले ‘फुलको आँखामा फुलै संसार, काडाको आँखैमा काडा संसार’ भन्ने गीतको दृष्टान्त दिँदै व्यक्तिको सोच, दृष्टिकोण, सामथ्र्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताएका छन् ।साभार।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!