९ गते बन्द

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चितवन – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी ९ भदौमा चितवन जिल्ला बन्दको घोषणा गरेको छ । विप्लव समूहका चितवन जिल्ला इन्चार्ज शार्दुल र सचिव ध्रुवद्वारा शुक्रवार जारी विज्ञप्तिमा पूर्वी चितवनस्थित राप्ति नगरपालिका–११ आहोलेवाङ्मा आफ्नो पार्टीले बनाएको प्रतीक्षालय प्रहरीले भत्काएको विरोधमा जिल्ला बन्द आह्वान गरिएको छ । प्रतिक्षालय भत्काउने कार्यले वर्तमान ओली सरकार आफू पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने नीतिमा रहेको आरोप लगाइएको छ ।

‘जनतालाई आतंकित बनाउँदै निर्माण भइरहेको प्रतिक्षालय भत्काउने र आगजनी गर्ने कार्य आफू पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने दम्भ हो,’ विज्ञप्तिमा उल्लेख छ । घटनाको विरोधमा विप्लव समूहले राप्ति नगरपालिका–११ को कार्यालयमा आगजनी गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईंले आगजनीबाट वडा कार्यालय पूर्ण रूपमा नष्ट भएको बताए । ओली सरकार विप्लवप्रति आक्रामक भएपछि विप्लवले पनि आगजनी र बन्दका कार्यक्रम गर्दै आएको छ ।साभार।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!