पत्रकारहरुको संगठनले रवि लामिछानेलाई सहयोग गर्दैन: किशोर श्रेष्ठ

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं। चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई नेपाल पत्रकार महासंघ लगायत पत्रकारहरुको संगठनले सहयोग नगर्ने भएको छ । रवि लामिछाने यतिवेबला पत्रकार शालिकराम पुडाशैनीको विषयमा प्रहरी हि रासतमा छन् । पुडाशैनीले भिडियोमा रवि लगायत तिन जनाको नाम लिएका कारण रवि सहित तीन जना यतिबेला प्रहरी हिरा सतमा छन् । पत्रकाहरुको हक अधिकारका क्षेत्रमा काम गर्ने संगठन पत्रकार महासंघ लगायत संगठनहरुले रवि लामिछानेको लागि सहयोगन नगर्ने भएको हो ।

रवि लामिछाने आफैले आफु पत्रकार नभएको र ‘पत्रकारको प्रेस पास लिनु भन्दा बरु टुँडिखेलमा जुत्ता पालिस गरेर बस्छु’ भनेर अभिब्यक्ति दिएका कारण महासंघ लगायतका सगठनले उनलाई सहयोग नगर्ने भएको हो ।

लामीछाने आफैले आफु पत्रकार नरहेको र आफुलाई प्रेसपास नचाहिने बताएका थिए । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले रविको सोही अभिब्यक्तिका कारण पत्रकार महासंघ लग‘यत संगठनले उनलाई सहयोग नगरेको बताए । यस अघि प्रेस चौतारीका अध्यक्ष गणेश वस्नेतले पनि आफु युवराजलाई भेट्न चितवन जान लागेको बताएका थिए । उनले रविको नाम लिएनन् ।

रविले आफुलाई पत्रकार हैन भनेका कारण पत्रकारको संगठनहरु उनको सहयोगमा पुगेका छैनन् । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले जनता जान्न चाहान्छन्’ भन्ने कार्यक्रममा रविको सोही अभिब्यक्तिका कारण महासंघ लगायत संगठन उनको सहयोगका लागि नगएको बताएक छन् । उनले भने’ रवि आफैले आफु पत्रकार होइन भनेकाले अहिले प्रेस काउन्सिलले उनलाई सहयोग गर्दैन’ ।साभार।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!