राप्रपाको बैठक भाद्र १९ र २० गते काठमाडौंमा बस्ने

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । राप्रपा (संयुक्त) को केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय कार्य समितिको संयुक्त बैठक भाद्र १९ र २० गते काठमाडौंमा बस्ने भएको छ ।

पशुपति समशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षद्वयको नेतृत्वमा रहेको राप्रपा (संयुक्त) को दुई दिन चल्ने बैठकले जनकपुर–बाल्मीकि आश्रम–लुम्बिनी यात्रालाई दिशानिर्देश गर्नेछ ।

प्रवक्ता सगनु सुन्दर लावतीले जनाए अनुसार, बैठकले समसामयिक घटनाक्रम मध्यनजर गर्दै पार्टीको भावी नीति, कार्यक्रमबारे छलफल र महत्वपूर्ण निर्णय लिनेछ । आगामी उपनिर्वाचनका विषयमा पनि नीतिगत निर्णय गरिनेछ ।

राप्रपा (संयुक्त) ले सम्वद्र्धनवादी उदारवाद, लोककल्याणकारी उदारवाद, सनातन हिन्दु राष्ट्र, सबैलाई स्वीकार्य हुने राजसंस्थाको पक्षमा वकालत गर्दै आएको छ ।

संविधानको मूलभूत आधारमा असहमतिका बाबजुद राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र मानव अधिकारप्रति सो पार्टी प्रतिवद्ध छ ।

विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा राप्रपा (संयुक्त) को बैठक महत्वपूर्ण रहने अपेक्षा छ । वैठक अर्पण पार्टी प्यालेस, थापागाउँ, काठमाडौंमा सम्पन्न हुनेछ ।

राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) को एकीकरणपश्चात सम्पन्न हुन लागेको यो पहिलो केन्द्रीय कार्य समितिको बैठक हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!