समुद्रको अथाह जलाशयमा पानीकै कारण आउने आश्चर्यजनक ज्वालामुखी सुनामी

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी : सुनामी भूकम्पका कारण वा ज्वालामुखीका कारण जमिन धसिने वा माथि उठ्ने गर्दा समुद्रको पानीबाट उत्पन्न हुन्छ । समुद्रको अथाह जलाशयमा पानीकै कारण आउने सुनामी भने निकै कम छन् । तिनको कारण पनि पत्ता लाग्न बाँकी छ । सुनामीको उभार वा उचाइ त सैयौं फिट आग्लो हुनसक्छ । यसले विशाल बस्ती र गगनचुम्बी भवनहरू क्षणभरमा डुबाएर सिध्याइदिन्छ । हालसम्म आएका सुनामीहरू प्रशान्त महासागरको वरिपरि किनारामा आउने गरेका छन् । प्रशान्त महासागरको वरिपरि रहेको भागलाई ‘प्रशान्त अग्निको घेरा’ भनेर नामाकरण गरिएको छ । विश्वमा आएका सुनामीका करिब ८० प्रतिशत सुनामीहरू यही क्षेत्रमा गएका र भएका छन् । यो क्षेत्र भूकम्प र ज्वालामुखीको मुख्य क्षेत्र हो । साना र ठूला भूकम्पहरू यस क्षेत्रमा दिनदिनै गई नै रहन्छन् र साना ठूला सुनामीहरू आई नै रहन्छन् ।

यसलाई प्रशान्त महासागरका वरिपरिको बस्तीमा राक्षसी छाल वा नरभक्षी छाल भनेर नाम दिइएको छ । हालसम्म आएका सुनामीमा हिन्द महासागरमा सन् २००४ को डिसेम्बर महिनामा आएको सुनामीलाई मानिन्छ । यो सुनामी हिन्द महासागरभित्र गएको अति शक्तिशाली भूकम्पका कारण गएको थियो । त्यति बेला गएको भूकम्प ९ रेक्टर स्केलको थियो । यसले कूल १४ वटा देशहरूमा एकैपटक हमला गरेको र प्रभाव पारेको थियो । यो सुनामीको हमलाले २ लाख ८३ हजार मानिस मारेको थियो । यो महासुनामीले एसियादेखि अफ्रिकासम्मका ११ देशहरूमा मरणासन्न अवस्था सिर्जना गरेका थियो ।

यो निकै अग्लो र चौडा खालको थियो । यो यति धेरै ठूलो र तीव्र गतिमा थियो कि यसले छोटो समयमा दुवै महादेशहरूमाथि एकैपटक र एकै समयमा हमला गरेको थियो । पृथ्वीमा आएका सुनामीहरूमा यो सबैभन्दा बढी घातक थियो ।

एसिया महादेशमा गएका र गइरहने भूकम्पहरूमा जापानमा सबैभन्दा धेरै रहेका छन् । यहाँ सानातिना भूकम्प र ज्वालामुखीहरू दिनदिनै गइरहन्छन् र सुनामी पनि चलिरहन्छ । यो त्यहाँका लागि दैनिक जीवन पनि बन्ने गरेको छ । सुनामीको आकार र गति मापनलाई लिने हो भने एकसय किलोमिटर लामो सुनामी एकघण्टासम्म निरन्तर चलिरहन्छ । यसले बिनासलाई अवर्णनीय रूपमा निम्त्याउँछ । वैज्ञानिकहरूका अनुसार सन् १७०० मा गएको सुनामीले पूरै जापानमा बाढी, पहिरो र भूइँचालो ल्याएको थियो । यसले अत्यधिक जीऊधनको नोक्सानी गरेको थियो ।

सुनामी प्रतिघण्टा ५ हजार माइलको गतिमा चल्छ । आश्चर्यको कुरा त के छ भने यो महासमुन्द्रमा कुनै हलचल नदेखिएर पनि आइरहेको हुन्छ । रातमा भएमा त यसले निकै ठूलो नोक्सानी निम्त्याउँछ । सुनामी त यति साना पनि हुन्छन् कि कुनै त ३० सेन्टिमिटर मात्र उचाइका पनि हुन्छन् । सुनामीहरू, जसले प्रतिघण्टा छ सयदेखि ८ शय किलोमिटर गति लिइरहेका हुन्छन्, तिनले ठूलो नोक्सानी निम्त्याउँछन् । तर हिन्द महासागरमा उठ्ने सुनामीहरू तीस फिटभन्दा अग्ला हुने गरेका छन् ।

सुनामीका कारणले पहाड मैदान र मैदान समुद्रमा परिणत हुन सक्छन् । कडा चट्टानी भूभाग बाहेको अरु केही बाँकी रहँदैन । अहिलेसम्मका निकै जोखिम इलाकाहरूमा अमेरिकाको वासिंगटन, आरेगन, हवाइ, अलास्का र क्यालिफोर्निया रहेका छन् । सुनामीको पानीमा कोही पनि पौडी खेल्नु हुँदैन किनकि सुनामीको पानी बग्दा अग्लो ठाउँमा आएकाले त्यो केही समयपछि फर्कन्छ । मानिसलाई तानेर लैजान्छ ।

सुनामीमा उत्पन्न शक्ति अथाह हुन्छ । यसलाई आँकलन गर्न सकिदैन । हिन्द महासागरमा सन् २००४ मा आएको सुनामीको उर्जा २३ हजार एटम बमहरू एकैपटक पड्काएको जति थियो । जसले २ लाख ८३ हजार मानिसहरूको ज्यान लिएको थियो । सुनामी भनेको एउटा सिंगल वा एकल तरंग वा धार वा ज्वार मात्र होइन, यो त श्रृंखलाबद्ध धार र ज्वारहरूको समष्टी हो ।

यसलाई ज्वारहरूको लश्कर वा रेल भनेर पनि भनिन्छ । ग्रिक इतिहासकार थुसिडाइड्सले पेलोपोनेशियन युद्धमा सुनामी शब्दावलीको उच्चारण गरेका थिए । यसलाई त्यतिबेलै समुद्रमुनि जाने भूकम्पका कारण आएको पानीको ज्वार भनेर परिभाषित गरेको थियो । समुद्री तटमा रहने मानिसहरू भूकम्पबाट भन्दा पनि सुनामीबाट बढी तर्सने गर्दछन् । राजधानीबाट । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!