प्रतिबन्धित भारतीय रुपैयाँ २ लाख ५० हजार सहित ३६ वर्षीय युवा पक्राउ

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पर्सा। वीरगंज महानगरपालिका-१६ ईनरुवास्थित शंकाराचार्य गेटबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ लाख ५० हजार सहित भारत बिहार वैशाली थाना लालगंज पोष्ट खन्जाहचक बस्ने ३६ वर्षीय मिथलेश कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले कुमारलाई  प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरका ४६ थान र ५ सय दरका ३ सय १६ थान सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ कुमारलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारा पठाइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!