भारतबाट अवैध रूपमा काठमाडौँतर्फ लागिदै गरेको १४० वटा खसीसहितको ट्रक पक्राउ

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

राजापुर : बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रूपमा काठमाडौँतर्फ लैजान लागेको ना६ख ९४९२ नं ट्रकसहित १४० वटा खसी प्रहरीले आज नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताउनुभयो ।

पछिल्लो समयमा तस्करहरुले बर्दियाबाट अवैध रूपमा बिना भन्सार भारतीय खसीहरू छिराएर काठमाडौँसम्म पु¥याउन गरेका छन् । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!