रबिन अधिकारीको आइसीसी सदस्यमा उम्मेद्वारी

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

लिस्बन ।  एनआरएन पोर्तुगल (२०१९-२०२१) को आगामी कार्यकालका लागि यही २५ अगष्ठमा हुन गैरहेको निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषदको (आइसीसी) सदस्यमा उम्मेद्वारी दिएका रबिन अधिकारी बिगत ६ बर्ष देखी पोर्चुगलमा बसोबास गर्दै आइरहेका छन् ।

पोर्चुगलमा रहेका नेपाली समाजभित्र निकै लोकप्रिय अधिकारी सालिन, निडर र मिलनसार स्वभावका धनि उनी नेपालको धादिङ्ग जिल्लामा जन्मिएका हुन् भने पोर्चुगलका एक सफल ब्यबसायी पनि हुन्।

यतिबेला उनीसंग युबा जोस-जाँगर र आत्मविश्वास मात्र छैन काम गर्ने बिशेष योजना र पोर्चुगलका नेपाली समाजलाई  अन्तर्राष्ट्रिय रुपमा पुर्याउने तथा अन्तर्राष्ट्रिय समन्वय परिषदमा पोर्चुगलका आवाजहरु सँधै बुलन्द गर्ने अठोट पनि छ तसर्थ पनि उनले आफ्नो उम्मेद्वारीलाई बलियोसंग उभ्याएका छन् र पोर्चुगलमा रहेका सम्पूर्ण ब्यतित्वहरुमा आफूलाई भोट गर्न अपिल पनि गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!