नेचर इसेन्स र कलर इसेन्स कस्मेटिक कम्पनीद्वारा अभिनेत्री गौरी मल्ल सम्मानित

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चलचित्र कन्यादानमा तीजको रहर आयो बरी लै…गीतमा अभिनय गरेर तीज पर्वलाई अझ संगीतमय तुल्याउनुका साथै नेपाली चलचित्र क्षेत्रमा तीन दशकदेखि निरन्तर योगदान दिएको भन्दै अभिनेत्री गौरी मल्ललाई सम्मानित गरिएको छ ।

नेचर इसेन्स र कलर इसेन्स कस्मेटिक कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको तीज उत्सब २०७६ समारोहमा अभिनेत्री गौरी मल्ललाई नेचर इसेन्स र कलर इसेन्स चलचित्र योगदान विशेष सम्मान २०७६ बाट सम्मानित गरिएको छ ।

यस्तै सिमसिमे पानीमा… सहित सैयौं गीत गाउनुका साथै आफ्ना तीज गीतमार्फत यो तीज पर्वलाई अझ लोकप्रिय बनाएको भन्दै गायिका रेखा शाहलाई सोही कार्यक्रममा नेचर इसेन्स र कलर इसेन्स गायन योगदान विशेष सम्मान २०७६ बाट सम्मानित गरियो ।

नेपालकी प्रथम अभिनेत्री भुवन चन्दले सो समारोहमा नायिका गौरी मल्ल, गायिका रेशा शाह सहित दुई व्युटिसियनलाई आयोजकका तर्फबाट सम्मानित गरियो ।

दुई दशक भन्दा लामो समयदेखि ब्युटी क्षेत्रमा लागेर हजारौंलाई योगदान दिएको भन्दै रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष शुलोचन श्रेष्ठ र आईटिसी (स्कुल अफ ब्युटिसियन)की अध्यक्ष रस्का बैध श्रेष्ठलाई नेचर इसेन्स र कलर इसेन्स ब्युटिसियन योगदान विशेष सम्मान २०७६ बाट सम्मानित गरिएको हो ।

सोही समारोहमा ब्युटिसियनहरु शान्ति श्रेष्ठ, पुनम शाह, मिरा बस्नेत, अमृता विश्वकर्मा र गीता गुरुङलाई वर्षको उत्कृष्ट व्युटिसियन अवार्ड,  सुमन गौतम, हरि भेटवाल र अजय मानपतिलाई वर्ष उत्कृष्ट नेचर इसेन्स, कलर इसेन्ट वितरक अवार्ड तथा सुदर्शन केसी, बिदुर आचार्य र सागर जिसी वर्षको उत्कृष्ट बिक्रेता अवार्ड प्रदान गरियो ।

सो समारोहमा करिब पाँच सय व्युटिसियनहरुले हास्य कलाकारहरु पल्पसा डँगोल (चम्सुरी), दमन रुपाखेती र दिनेश काफ्लले विभिन्न प्रहसन मार्फत मनोरञ्जन दिएका थिए । गायिका मिना निरौलाले ठमले बजार…, काले दाई, रुपै मोहनी… सहित आफ्ना आधा दर्जन गीत गाएर सबैलाई नचाईन् ।

उनको गीतमा पटक पाटक वान्स मोर भन्दै दर्शक नाचिरहे । मिसेस नेपाल ग्रान्ड २०१९ की बिजेता सृजना श्रेष्ठ, व्युटिसियन शान्ता मगर सहितको नृत्य पनि आकर्षक थियो ।

महिलाहरु शुभकामना आदन प्रदानका लागि तिज उत्सब आयोजना गरिएको कलर इसेन्सका कन्ट्रि निर्देशक रमेश उप्रेतीले बताए । यो कार्यक्रम एमएमके इन्टरप्राईजेजका सञ्चालक विश्व केसीको सभापतित्वमा सम्पन्न भएको हो ।

करिब ६ घन्टा चलेको सो तिज उत्सब, सम्मान तथा दर कार्यक्रममा नेचर इसेन्सकी नेस्नल टेक्निसियन एकता कुमारीले गोल्ड फेसियलको प्रशिक्षण दिईन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!