पत्रकार पुडासैनी प्रकरणबारे बल्ल बोलिन भरतपुरकी मेयर रेणु दाहाल (विज्ञप्तिसहित)

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ,पत्रकार शालिकराम पुडासैनी प्रकरणमा आफ्नो नाम जोडेर भ्रामक प्रचार गरेको भन्दै आपत्ति जनाएकी छिन। दाहालले बिहीबार एक बिज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको बताएकी हुन्।

घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन्। महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग अनुरोध गरेको छ। साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!