मेयर दाहालको नाम जोडेर भ्रामक, कपोकल्पित सन्देश प्रसारण गर्नु गलत : महानगर

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, गत, साउन २० गते सञ्चारकर्मी शालिकराम पुडासैनी नारायणगढस्थित पोखरा बसपार्क मा रहेको होटल कंङ्गारुमा मृत अवस्थामा शव फेला परेपछि सम्बन्धि निकायहरूबाट भइरहेको अनुसन्धान प्रक्रियालाई लिएर उत्पन्न परिस्थिति प्रति भरतपुर महानगरपालिकाले आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मेयर रेणु दाहालद्वारा हस्ताक्षर बिज्ञप्तिमा कुनै पनि ब्यक्तिको अस्वभाविक मृत्युका कारणबारे छानबिन गर्नु राज्य र सरकारको दायित्व भएकोले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण लागि महानगरपालिकाले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

साथै, मेयर दाहालले घटनाको छानबिनका लागी पक्राउ परेका व्यक्तिहरुको समर्थनमा भन्दै सडक तथा सामाजिक सञ्जालको दुरुपयोग गरी मेयर दाहालको नाम जोडेर भ्रामक, कपोकल्पित सन्देश प्रसारण गर्नु गलत भएको ठहर गरेको छ ।

त्यस्तै, महानगरले सञ्चारकर्मी पुडासैनी मृत्यु प्रकरणमा सम्बन्धित निकायले अनुसन्धान गरिरहेको विषयलाई लिएर उत्पन्न असहज परिस्थिति परिस्थितिप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

घटनासँग सम्बन्धनै नभएका व्यक्ति तथा संस्थाको नाम जोडेर घटनालाई विषयान्तर नगर्न पनि महानगरपालिकाले सबैसँग अनुरोध गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!