पुडासैनीको मृत्यु प्रकरण र पत्रकारमाथिको प्रहरी हस्तक्षेपप्रति ईञ्जाको ध्यानकर्षण

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विजय थापा, वाशिंगटन डिसी,  पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु प्रकरण र पत्रकारमाथिको प्रहरी हस्तक्षेपप्रति ईञ्जाको ध्यानकर्षण भएको भन्दै छापा बिज्ञप्ति निकालेको छ । 

वाशिंगटन डिसी स्थित ईञ्जा मुख्यालय बाट प्रकाशित छापा बिज्ञप्तिमा पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्युको खवरले ‘नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (ईञ्जा)’ स्तब्ध भएको जनाएको छ ।

साथै ईञ्जा परिवार पत्रकार शालिकराम पुडासैनीप्रति हार्दिक श्रदान्जली अर्पण गर्दै शोकाकुल परिवार सदस्यमा समबेदना प्रकट गर्दछ भनि समबेदना प्रकट गरेको छ ।

पत्रकार पुडासैनीको रहस्यमय मृत्युको सत्यतथ्य खोजी गरी कानूनीरुपमा निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबीन गर्न ईञ्जा सम्बन्धित निकायसँग जोडदार माग गर्दछ भनि उक्त छापामा उल्लेख गरेको छ ।

ईञ्जाको छापा बिज्ञप्ति जस्ताको तस्तै पूर्ण पाठ :

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु प्रकरण र पत्रकारमाथिको प्रहरी हस्तक्षेपप्रति ईञ्जाको ध्यानकर्षण

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्युको खवरले ‘नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (ईञ्जा)’ स्तब्ध भएको छ। ईञ्जा परिवार पत्रकार शालिकराम पुडासैनीप्रति हार्दिक श्रदान्जली अर्पण गर्दै शोकाकुल परिवार सदस्यमा समबेदना प्रकट गर्दछ।

पत्रकार पुडासैनीको रहस्यमय मृत्युको सत्यतथ्य खोजी गरी कानूनीरुपमा निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबीन गर्न ईञ्जा सम्बन्धित निकायसँग जोडदार माग गर्दछ।

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु पश्चात सार्वजनिक भएको भनिएको भिडियो प्रकरणलाई लिएर पत्रकार रवी लामिछाने र युवराज कँडेललाई न्यूज २४ टेलिभिजनको कार्यालयमा पूर्व अनुमति र पक्राउपूर्जी विनानै जवरजस्ती न्यूज रुमबाट पक्राउ गरेको र उक्त कार्यमा पत्रकारद्वयलाई दुर्ब्यबहार गर्दै प्रहरीले अपनाएको पक्राउको शैलीप्रति ‘नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (ईञ्जा)’ गम्भीररुपमा आपत्ति जाहेर गर्दछ ।

यसरी अभद्र शैलीमा पक्राउ र दुर्व्यबहार गरी हिरासतमा थुनीराख्नु प्रेस सम्वन्धी अन्तराष्ट्रिय मापदण्ड तथा नेपालको संविधान प्रदत्त प्रेस स्वतन्त्रताको प्रतिकूल रहेको ईन्जाको ठहर छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!