नेकपाका यि नेतालाई कारवाहीको तयारी

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर २ सदस्य तथा पूर्वसभासद अशोक जयसवाललाई पार्टीले कारवाही गर्ने तयारी गरेको छ । पार्टी सचिवालय निकट स्रोतका अनुसार पार्टीभित्र अन्तरघात गरेको भन्दै जयसवाललाई पार्टीबाट निष्कासनसम्मको कारवाहीको तयारी गरेको छ । जयसवालविरुद्ध पार्टीमा निरन्तर उजुरी परेपछि उनलाई कारवाही गर्न लागिएको हो ।

पहिलो संविधानसभाको निर्वाचनदेखि पछिल्लो आमनिर्वाचनमा गरेको अन्तरघातका सबै उजुरीहरुमाथि पुन: छानबीन थालिएको नेकपा अध्यक्ष प्रचण्डनिकट स्रोतको भनाई छ । पहिलो संविधानसभा निर्वाचनमा जमानत जफत भएर पराजित भएका जयसवाललाई दोस्रो संविधानसभाको समानुपातिक उम्मेदवार बनाइएको थियो । त्यतिबेला उनले अन्य दलका उम्मेदवारबाट ठूलो मात्रामा पैसा लिएर प्रभु साहलगायत रौतहटका विभिन्न उम्मेदवारविरुद्ध मत मागेको उजुरी जिल्लाका नेताहरुले पार्टीमा दर्ता गराएका थिए । अन्तरघात गरेको भन्दै उजुरी पर्दा पनि उनलाई समानुपातिक सभासद बनाइएको थियो ।

अनतरघात गर्दा पनि उनलाई सांसद बनाएकै कारण चन्देश्वर बैठालगायत रौतहटका दर्जनौ नेताहरुले पार्टी परित्याग गरेका थिए । स्थानीय तहको निर्वाचनताका पैसा लिएर विभिन्न स्थानीय तहमा फोरम, राजपा र नेपाली कांग्रेसका उम्मेदवारलाई भित्री समर्थन गरेको उजुरी अझै पनि खुमलटारस्थित कार्यालयमै छ । त्यो उजुरीमाथि छानबीन सुरु गरिएको हो । जयसवालकै कारण माओवादीको गढ मानिने उनको आफ्नै बौधीमाई नगरपालिकामा मेयर पद गुमाउनुपर्यो । त्यति मात्र नभई उनको आफ्नै वडामा समेत पार्टीले जित्न नसक्दा जिल्लाका नेताहरुले निरन्तर प्रश्न उठाउदै आएका छ ।

२०७४ सालमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उनले अनतरघात गरेको भन्दै रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले लिखित उजुरी नै दर्ता गरेका हुन् । निरन्तर उजुरी परेपछि पार्टी नेतृत्वले कारवाही गर्ने अन्तिम तयारीमा पुगेको स्रोतको भनाई छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!