मेलिना र प्रतापको युगल गायनमा ‘चानचुन पैसा’को भिडियो सार्वजनिक,

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आफ्नो भाषा, साहित्य, कला , संस्कृति जोगाउनु पर्छ अनि आजको नयाँ पुस्तालाई सिकाउन पर्छ भन्ने मान्यता बोकेका गीतकार प्रलाद शाहले आफ्नो अर्को नयाँ दमदार गीत ”  चानचुन पैसा ”  लिएर दर्शक सोर्ता माझ आएका छन् ।

सरल शब्द, मौलिक र मिठा गीतहरु दर्शक सोर्ता माझ निरन्तर सार्वजनिक गरिरहेका गीतकार शाहले मंगली, परानै दिन्छु जस्ता लोकप्रीय सिर्जना मार्फत दर्शक सोर्ताको मन जितिसकेका छन् ।

अर्ग्यानिक टेस्टको “चानचुन पैसा”  बोलको यस गीतमा स्वर चर्चित गायक प्रताप दास र लोकप्रिय गायिका मेलिना राईको रहेको छ । प्रलाद शाहले लेखेको गीतमा सुबाश भुसालको संगीत रहेको छ । पुरुषोत्तम सुबेदीले यस गीतको संगीत संयोजन गरेका हुन।

हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको लिरिकल भिडियो फराज अर्पणले तयार पारेका हुन । गीतको लिरिकल भिडियो लाई दर्शक सोर्ताले रुचाएका छन्।

छिट्टै यस गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेको गीतकार शाहले बताएका छन् । भाका इन्टरटेन्मेण्टको अफिसिएल युट्युब च्यानल मार्फत  लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!