चलचित्र ‘च च हुई’ को पहिलो गीत ‘सिल्की सिल्की बाल’रिलिज”भिडियो सहित”

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

समीर नेपाल, काठमाडौं । चलचित्र ‘च च हुई’ को पहिलो गीत रिलिज भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समावेश ‘सिल्की सिल्की बाल’ बोलको गीत’ रिलिज गरिएको हो ।

लोभलाग्दो रमणीय दृश्यमा खिचिएको उक्त गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ भने  राजनराज र मेलिना राईले स्वर दिएका छन् । गीतको शब्द अमृत घले लामा, राजनराज  शिवाकोटी र श्याम लामिछानेले तयार पारेका हुन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा फिचर छन् । शिशिर खातीको नृत्य निर्देशन रहेको भिडियोमा आर्यन र मिरुनाको जोडी गजबको  देखिन्छ । भोलाराज पनि मिरुनाको पछि परेका छन् ।

मंसिर ६ गतेबाट रिलिज हुने यस चलचित्रमा माओत्से गुरुङ, पुस्कर गुरुङ, बतिता मल्लको पनि मुख्य भूमिका रहेको छ ।

साम्तेन भुटियाले निर्देशन गरेको चलचित्रलाई सजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । अमृत घोले लामाले निर्माण गरेको चलचित्रलाई सुजन प्रजापतिले खिचेका हुन् ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!