मिस बिउटी कुइन र मिसेस नेपाल आइडल सम्पन्न

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

समीर नेपाल, काठमाडौं । अमेजोन इन्टरटेनमेन्ट ले आयोजना गरेको मिस बिउटी कुइन नेपाल र  मिसेस नेपाल आइडल २०१९ को अन्तिम प्रतिस्पर्धा जमल स्थित राष्ट्रिय नाचघर मा सम्पन्न भएको छ। 

मिस  बिउटी कुइन नेपाल र मिसेस नेपाल आइडल बेग्ला बेग्लै २ प्रतियोगिता एउटै  स्टेज मा सम्पन्न भएको थियो।

उक्त प्रतियोगितामा मिस  बिउटी कुइन नेपालमा आफ्ना ७ जना प्रतिस्पर्धीहरु लाई पछि पार्दै प्रकृति लिम्बुले ताज    पहिरिहिन।  तेसैगरि मिसेस नेपाल आइडल २०१९ को ताज आफ्ना ८ जना प्रतिस्पर्धीलाइ पछाडी पर्दै शोभिता राईले हात पारिन।

तेसै गरि  मिस  बिउटी कुइन नेपाल तर्फ दिक्ष्या रिशाल फर्स्ट रनरअप हुन सफल भइन भने प्रनिशा नेपाल  सेकेन्ड रनरअप हुन सफल भइन।

मिसेस नेपाल आइडल  तर्फ मिरा नेपाली  फर्स्ट रनरअप र रिता महर्जन सेकेन्ड रनरअप हुन सफल भए।

उक्त कार्यक्रमको शोभा बढाउन प्रमुख भुमिका निर्वाह गर्नुहुने निर्णायक  मिस नेपाल २००० उषा खड्गी मुख्य निर्णायकको भूमिकामा हुनुहुन्थ्यो।

कार्यक्रमलाई अझै मर्यादित र शान्त वातावरणमा लैजान र कार्यक्रमको अझै शोभनीय हिसाबमा सन्चालन गर्ने जिम्मा पाउनु भएका रोजिन शाक्यले आफ्नो महत्त्वपूर्ण भुमिका स्वतस्फूर्त रुपमा निभाउनु भएको थियो। साथै हिमानी सुब्बा को कोरियोग्राफीको पनी निर्णायक हरुले खुलेरै तारिफ गर्नु भएको थियो।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!