मेलम्ची ध्वस्त हुँदै : प्रचण्डको प्रतिष्ठा धरापमा

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, मेलम्चीमा पार्टी अध्यक्ष प्रचण्डको प्रतिष्ठा जोडिन्छ । मेलम्ची १ को विवादले सुन्दरीजलदेखि उपत्यकाको पाइप विस्तार र फिटिङको ब्रह्मलुट छोपिएको छ । महँगो भुक्तानी गर्ने पाइप मुसाले टोक्दा प्वाल पर्ने जडान गर्ने तिरेश खत्रीको स्वच्छता हो ।

खानेपानी मन्त्रालयको सहसचिव स्तरको कर्मचारीले एडीबीको ऋणमा पार्टीकै बद्नाम हुँदा पार्टी नेतृत्व र मन्त्री किन मौन बस्छन्, शंका यहाँ छ । अहिले मेलम्चीमा मूल दोषी सूर्यराज कँडेल, तिरेश खत्री, महेश भट्टराई हुन् । घनश्याम भट्टराई यिनका संरक्षक !

यिनको कुरा एडीबीको नेपालस्थित सचिवालयले पत्याउने हो ? तर, कामको गुणस्तर नहुँदा हरेक ठाउँमा मान्छेको ज्यानकै खतरा छ । लगानीकर्ता एडीबीले त्यो हेरेको खै !

बालाजुमा शनिबार घटेको घटना त नमूना मात्र हो । अहिलेको लुटले मेलम्चीका पाइप दस वर्ष टिक्न कठिन छ । मेलम्ची आउन नदिन जसले खेलोफड्को गरेको छ, त्यही पात्र बोकेर मन्त्री बिना मगर असफल मन्त्री बन्दैछन् ।

प्रधानमन्त्री केपी ओलीले दिएको अवसर भने फोहोर गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तै भएको छ । भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, आपूर्ति मन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणी खनाल, खानेपानी मन्त्री बिना मगरबाट फेरि कस्तो फलको अपेक्षा गर्नु ।

पैसाबिना कुनै काम हुँदैन, त्यो पनि गुटको कारण भ्रष्टै भ्रष्ट बोकेर प्रधानमन्त्रीको सचिवालयले कस्तो परिणाम खोजेको हो ? जनताले सोध्ने ठाउँसमेत पाएको छैन ।

विगतमा यस्तो कार्यसम्पादन सचिवहरुले गर्थे । अहिले राजनीति तहमै गरियो । स्थानीय तह भ्रष्टाचारको डुबेका छन् । मरेका मान्छेको जेष्ठ नागरिक, एकल महिला भत्ता हसुर्ने जनप्रतिनिधि पनि छन् ।

गरिबको छात्रवृत्तिमा नेताका छोराछोरी पढ्ने रोजगारीको अवसर नेताका मान्छेले नपाएसम्म सामान्य जनताले पाउने अवस्था छैन । कम्युनिष्ट पार्टीको प्रतिष्ठासमेत गुमाएको बेला प्रधानमन्त्री आफ्नै छौंडाहरुको योजनामा रथ हाँक्दैछन् ।

असक्षम र अयोग्य जतिसुकै मौका पाए पनि सफल हुँदैनन् । अहिलेको सरकारलाई दुई तिहाई त छ । तर, यो मतको बेइज्जत भएको छ । राजनीतिक तहमा यस्तो कार्यसम्पादन नौलो हो ।

पार्टीको चुनाव घोषणापत्र, सरकारको नीति तथा कार्यक्रम र बजेट मुख्य आधार हुनुपर्छ । तर, सरकार पार्टीका योजनामा नहुँदा अनेक झमेला सहनु परेको छ ।

यस्तै झमेलाको अंश हो असफल र भ्रष्ट मन्त्रीहरुसँग भएको कार्यसम्पादनको के अर्थ छ ? १७ महिनासम्म खोक्रो भाषण नीतिगत भ्रष्टाचारबाहेक राज्यले कम्युनिष्ट पार्टीको अध्यक्ष प्रधानमन्त्रीबाट केही उपलब्धि हासिल गरेको छैन ?

कम्युनिष्ट पार्टीको बद्नाम गर्न सडकमा हिँड्दा हिँड्दै चेलिबेटीमाथि हातपात गर्नु पर्दैन ? सरकारको कामप्रति प्रधानमन्त्रीको गफबाहेक सफलताका बाटो कहीँ देखिएको छैन, दबाबमा उल्लेख छ ।

मन्त्रीसँग एक वर्षे कार्ययोजना मागेका गुटका नेता प्रधानमन्त्रीले पार्टीको नीति छाडे, सिद्धान्त छाडेकै छन् । हुँदाहुँदा आफैंले राष्ट्रपतिलाई पढाएको नीति तथा कार्यक्रम बिर्सेर मन्त्रीलाई गृहकार्य दिनुपर्ने अवस्था कसरी आयो ? 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!