विना इजाजत संस्था खोली बालबालिका राखेको अभियोगमा पक्राउ

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, विना इजाजत नमुना प्रगतिशिल महिला समाज नामकसंस्था खोली बालबालिका राखेको अभियोगमा सोही संस्थाका काठमाडौं महानगरपालिका-१४ वाफल बस्ने ४६ वर्षीय सुजित रायमाझी लगायत तीन जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका-४ वाफलस्थित उक्त संस्थामा विभिन्न जिल्लाबाट बालबालिकाहरु ल्याई राखेको भन्ने सूचनाको आधारमा बालवालिका खोजतलास केन्द्र भृकुटीमण्डप,राष्ट्रियबालअधिकार परिषद पुल्चोक र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट संयुक्त रुपमा खटिएको टोलीले९ जना बालबालिकाहरु उद्धार गरेको थियो ।

उद्धार गरिएका बालबालिकाहरुलाई बालहेल्पलाईन कलंकी राखिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!