गायिका उमा शानको तीज गीत ‘सुनैको बाला’ भिडियो सार्बजानिक,

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तीज आउन करिब १० दिन बाँकी हुदा  तीज सम्बन्धी नयाँ नयाँ गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक भैरहेका छन् ।

यस्तै गायिका उमा शानले पनि तीज गीत ‘सुनैको बाला’ को भिडियो रिलिज गरेकी छिन उनको आफ्नै शब्द रहेको गीतमा छेवांग तेन्जिंग लामाको संगीत रहेको छ ।

गीतको भिडियोमा बिशाल लामा र सस्मिता गिरि सहित नेपाल रुम्बा कल्चर एकाडेमीका बिधार्थीहरुको नृत्य रहेको छ ।

बिजय रुम्बा लामाको निर्देशनमा बनेको भिडियोमा दुर्गा पौडेलको क्यामेरा र बिकाश ज्ञवालीको सम्पादन रहेको छ भिडियोलाई स्वर साधना संगीत पाठशालाले निर्माण गरेको हो ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!