कर्णाली प्रदेशस्तरिय प्रशिक्षण सुरु,वरिष्ठ नेताद्धारा उदघाटन

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सुर्खेत, नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम प्रदेश राजधानी सुर्खेतमा सुरु भएको छ ।

केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उदघाटन गरेका छन् ।

गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन् । कार्यक्रममा कर्णाली प्रदेशका सवै जिल्लाका महाधिवेशन प्रतिनीधि र महासमिति सदस्यहरुको सहभागिता रहेको छ ।

कार्यक्रमा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एंव उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, ह्दयराम थानी, रामकृष्ण यादव, दिपक गिरि, जीवनबहादुर शाहीको सहभागिता रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!