बसन्तको नयाँ गीत ‘आमाले बोकेको भारी’को भिडियो सार्वजनिक

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अमेरिकामा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त थापा मगरको नयाँ गीत ‘आमाले बोकेको भारी’को भिडियो सार्वजनिक भएको छ । १६ वर्षदेखि अमेरिकामा बस्दै आएका उनले आमाको सम्झनामा यो गीत लेखेका हुन् ।

यसै वर्ष आमाको वार्षिकीका लागि नेपाल आएका बखत उनले गीत रेकर्ड गराएका थिए । ‘राजा, नेता र जनता हामी सबैका एउटा न एउटा पिढीले भारी बोकेको छ । दुःख र त्याग गरेको छ र त आजका राजा दरबारमा रहन सके । नेता महल बनाउन सके ।

जनता राम्रो घर र ठाउमा रहन सके’, गीतको अर्थ खुलाउँदै वसन्तले भने, ‘अहिले पनि धेरै जनता गीतको मर्म जस्तै जीवन जीउन बाध्य छन । हामी बालक र युवा हुँदासम्म हाम्रा बाबा र आमा दुःखै गर्थे । पछि बिस्तारै सुख आउदै थिए सुख भोग नगर्दा बिती गए । ।

समन अधिकारीले निर्देशन गरेको भिडियोमा सरोज खनाल, सुनिता उप्रेती, विकास लामिछाने र आरती लामाको अभिनय छ । भिडियोमा शिवराम श्रेष्ठको छायांकन, विकास धमलाको सम्पादन छ । भिडियोमा रश्मी सिंहको सहायक निर्देशन छ ।

रेडियोमा गीत सुनेर गाउन थालेका वसन्त संगीतको प्रारम्भमा रामेश र मन्जुलका गीत सुनेर गाउँदै हिँडे । उनले रामेश र अरिमका गीत धेरै सुने । मन्जुलसँग त गीत गाउनै हिडे । ललितपुरको इमाडोलमा जन्मिएका वसन्त हाल अमेरिकाको मेरिल्याण्डमा बस्छन् ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!