आजको राशिफल

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries

विदेस यात्राको लागि अनकुल समय रहेको छ । शरीरमा बाधा नपुग्ला भन्न सकिन्न । विभिन्न समस्याको समाधान आफैले गर्न सकिने छ ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus

पारिवारिक सुख सन्तोष मिल्ने खालको समय रहेको देखिन्छ । भोगविलासको समान खरिद विक्रीबाट राम्रो लाभ मिल्ने खालको समय रहेको देखिन्छ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini

पारिवारिक सुख शन्तोष मिल्नेछ । भोग विलासका समान बिक्रिबाट राम्रो नाफा हुने देखिन्छ ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer

समय सन्तोषजनक रहेको देखिन्छ । आफन्तबाट राम्रो सहयोग मिल्ने देखिन्छ । तपाईको लागि एकदम प्रगति हुने समय रहेको देखिन्छ । विचार गर्नु होला ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo

नराम्रो समाचार सुन्नमा आउन सक्छ । तुरुन्तै कुनै कुराको पनि निर्णय नगर्नु भयो भने राम्रो हुने छ । घर जग्गाको कारोबारबाट धेरै थोरै लाभ हुने देखिन्छ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo

धार्मिक एवं सामाजिक काममा लाग्नु पर्ने खालको समय रहेको देखिन्छ । धनलाभबाट हर्ष उत्पन्न हुने खालको समय रहेको छ । शैक्षिक गतिविधिबाट सफलता मिल्ने छ ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra

सोचे अनुरुप काम हुने देखिन्न । विभिन्न समस्याहरु आउने देखिन्छ । समस्याको समाधान पनि आफै हुने छ । नयाँ काममा मन जाने छ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio

सानातिना कामको अवरोधले मानसिक चिन्ता बढ्ने खालको दिन रहेको देखिन्छ । त्यति पढाइलेखाइमा मन जाने खालको दिन भने रहेको देखिन्न ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius

सरकारी कामतिर मन जानेछ । केहि फलदायी समय रहेको पनि छ । खानपिन राम्रो हुनेछ, मित्रहरु संग रमाइलो कुराकानी होला ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn

खेलकुदमा तपाईको सहभागिता हुने छ । परिवारजनबाट एकदम राम्रो सहयोग मिल्ने खालको दिन रहेको देखिन्छ । विदेस यात्राको लागि अनुरोध आउने छ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius

ठुलो कामको निर्णय गर्नु त्यति उपयुक्त समय रहेको देखिन्न । तपाईले गर्नु भएको कामबाट पनि राम्रो लाभ हुने देखिन्छ । नोकरीबाट पनि राम्रै फाइदा हुने खालको समय रहेको देखिन्छ ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces

साना ठूला समस्या आउने खालको समय रहेको देखिन्छ । आफ्नै कारणले गर्दा काम अस्म्पन्न हुने देखिन्न । केहि गरि हाल्ने वातावरण बन्ने छैन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!