एक सय वर्षमा हुन नसकेको बिकास कुलमानले एकै बर्षमा गरिदिए

- August 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जलविद्युत उत्पादन सुरु भएको १०८ वर्षपछि नेपाल उर्जा क्षेत्रमा ठूलो फड्को मार्ने अवस्थामा आइपुगेको छ।एक सय आठ वर्षपछि आगामी आर्थिक वर्षमा एकैपटक एक हजार ५०० मेगावाट विद्युत् प्रणालीमा जोडिने छ। नेपालले एक सय वर्षमा उत्पादन गरेको भन्दा बढी बिजुली हो यो।जलविद्युत क्षेत्रमा नेपालमा यो एउटा ठूलो क्रान्ति हुनेछ, जसले विद्युतमा देश आत्मनिर्भर हुनेछ भने अर्थतन्त्र र रोजगारीको क्षेत्रमा ठूलो योगदान पुग्नेछ।

नेपालमा औपचारिक रुपमा जलविद्युत् उत्पादन सुरु भएको १०८ वर्ष पूरा भएको छ। तत्कालीन शासक चन्द्र शम्शेरले वि.सं. १९६८ मा बेलायतबाट उपकरण ल्याएर काठमाडौंको फर्पिङमा चन्द्रज्योति नहर बनाए र ५०० किलोवाट विद्युत् उत्पादन गरे। बेलायत र यूरोपेली देशमा बजिुली बलेको देखेका राणाले पहिलो पटक नेपालमा फर्पिङ जलविद्युत् केन्द्र स्थापना गरेका थिए।बिजुली बलेपछि ‘लौ, पानीबाट पनि उज्यालो आउँदो रहे’ भन्दै खुलामञ्चमा रमाइलो मानेर हेर्नेको भीड नै लागेको थियो त्यसबेला। जानकारहरु भन्छन्– नेपालको त्यो जलविद्युत आयोजना दक्षिण एशियाकै पहिलो थियो।

हाल सरकारले फर्पिङ जलविद्युत् केन्द्रलाई संग्रहालयको रुपमा विकास गर्न लागेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको प्रस्ताव छ– फर्पिङ जलविद्युत् केन्द्र जीवित इतिहासको रुपमा सूचीकृत गरिनेछ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले त्यसलाई संग्रहालय बनाउन मन्त्रालयको तर्फबाट कार्ययोजना नै बनाइ काम सुरु भइसकेको बताए। साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!