रवि लामिछानेको पक्षमा कांग्रेस उभियो, सभापति देउवाले रविलाई पठाए पत्र

- August 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं- नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको घटनामा छानविनका लागि भन्दै पक्राउ परेका रवि लामिछानेलाई भेट्न नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडु हिरासतमा पुगे । उनले घटनाको निश्पक्ष छानविन हुनुपर्ने भन्दै प्रहरी प्रशासनलाई पनि त्यस्तै अभिब्यक्ति दिए । तर उनी रविलाई भेट्न गएको विषयलाई लिएर बाहिर भने एउटा प्रसंग चर्चामा ल्याइएको छ । प्रहरी हिरासतमा रहेका रविको पक्षमा नेपाली कांग्रेस सिंगो पार्टी रहेको चर्चा गरिएको छ । यद्धपी चितवनमा रविका पक्ष र विपक्षमा भइरहेका प्रदर्शन र नारावाजी नियन्त्रण गर्ने कुरामा चितवन काँग्रेसले भने नेकपाको साथ दिएको छ ।

न्यूज २४ टेलिभिजनका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेल र नर्स अस्मिता कार्की न्यायिक हिरासतमा रहेका छन् । गएको बिहीबार उनीहरुलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएसँगै देशविदेशमा उनको पक्ष र विपक्षमा सामाजिक सञ्जाल र सडक तातिरहेको छ ।कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहेको भन्दै पत्र पठाएको चर्चा चलेको छ । यद्धपी कांग्रेसले सार्वजनिक रुपमा भने कुनै अभिब्यक्ति दिएको छैन । कांग्रेस नेता दिलेन्द्र प्रसाद बडुमार्फत सभापति देउवाले पत्र पठाएको चर्चा चलेको हो ।

सभापति देउवाले लामिछानेको नाममा पत्र नै पठाएर आफुहरुको साथ रहेको उल्लेख गरेको बताइएको छ । रवि न्यायिक हिरासतमा रहेको स्थान जिल्ला प्रहरी कार्यालय चितवन पुगेर शनिबार नेता बडुले रविलाई भेटेका थिए । रविलाई भेटेर बाहिर निस्कँदा नेता बडुले पूर्वाग्रह नराखी घटनाको छानबिन हुनु पर्नेमा जोड दिएका थिए ।साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!