सांसद साहकाे यस्ताे हर्कत : विकासको नाममा करोडौं भ्रष्टाचार (भिडियोसहित)

- August 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रौतहट । रौटहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद प्रभु साहलाई कारबाही गर्न पार्टीकै कार्यकर्ता तथा नेताले माग गरेका छन् । प्रभु साहलाई विधि र प्रक्रिया विरुद्ध हिँडेको तथा गुटगत राजनीतिकमा रमाएर निषेधको राजनितिक गरेको भन्दै पूर्वसांसद अशोक जैसवालले पत्रकार सम्मेलन गर्दै कारबाहीको माग गरेका हुन् ।

निषेधको राजनीति र भिन्न मत राख्नेलाई निर्वाचनामा हराउने उनले रणनीति लिएकै कारण स्थानिय निर्वाचनमा पार्टी सिमित सिटमा खुम्चिनुपरेको उनले बताए । पूर्वसांसद जैसवालले पत्रकार सम्मेलन गर्दै साहलाई कम्यूनिष्ट विरोधी र भ्रष्ट नेता भएको आरोप लगाए । साहले नेतृत्वबाट काम गर्न निरन्तर असहयोग भएको भन्दै प्रदेश-२ को अध्यक्ष पदबाट मंगलबार मात्र राजीनामा दिएका थिए ।

उनले आफ्नो राजीनामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका थिए । साहलाई गत वर्ष असोज ५ गते प्रदेश २ को अध्यक्ष पदको जिम्मेवारी दिइएको थियो । अब विज्ञप्ति पढ्दै पूर्वसांसद जैसवालले पत्रकार सम्मेलनमा सांसद साहलाई के-के आरोप लगाए ? भिडियो हेरौं । 

भिडियोः


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!