चौतारीको बरको साथमा आए सन्तोष (भिडियो सहित)

- August 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ।  २०७० सालमा ‘मज्जा छुट्टै’  एल्बम सार्वजनिक गरिसकेका गायक सन्तोष अधिकारी नेपाली गीत संगीत क्षेत्रमा परिचित नाम हो ।

हाल युरोपमा रहेका गायक अधिकारीले ७० साल यता सिंगल ट्रयाक निक्लादै आइरहेका छन। करिव ५ बर्ष शास्त्रीय संगीत सिकेका उनले गीत, गजल र क्लासिकल फ्लेभरका गीत संगीत मार्फत स्रोता दर्शकलाई मनोरन्जन दिदै आइरहेका छन् ।

करिव २ वर्षको अन्तराल पछि उनि फेरि आफ्नो उत्कृस्ट अर्ग्यानिक टेस्टको ”  चौतारीको बर ”  बोलको म्युजिक भिडियो लिएर दर्शक स्रोता माझ आएका छन्।

यस गीतमा स्वर सन्तोष अधिकारीको रहेको छ भने लय संकलन चर्चित संगीतकार दिपक शर्माको रहेको छ । गीतका शब्द सुमन बैरागी पण्डितले लेखेका हुन।

रमाइलो डानसिङ प्याट्रनको गीतमा सन्दिप  क्षेत्री र  समिक्क्षा पोखरेलको अभिनय रहेको छ । भिडियोलाई प्रशान्त तामाङले कोरियोग्राफी गरेका हुन ।

चौतारीको बरको वरीपरि शुट गरिएको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन भने बिकाश दहालले सम्पादन गरेका हुन । अर्जुन अधिकारीको निर्देशनमा बनको भिडियोलाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!