श्रोत नखुलेको भारतीय नगद सहित फेला पारी पक्राउ

- August 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दाङ, लमही नगरपालिका-९ जलकुण्डीस्थित पूर्व-पश्चिम राजमार्गबाट श्रोत नखुलेको भारतीय रुपैयाँ १५ लाख ७९ हजार ५ सय ८० र नेपाली नगद ३ हजार ४ सय ९५ रुपैयाँ सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका-‍२ प्रेमनगर बस्ने ४२ वर्षीय ससे बिक, ३३ वर्षीया मन कुमारी खत्री, रोल्पा त्रिवेणी गाउँपालिका-९ बस्ने ४३ वर्षीय प्रकाश केसी, जाजरकोट बारेकोट गाउँपालिका-८ बस्ने २७ वर्षीय शिव सिंह भनिने पूर्ण बिक र दाङ तुलसीपुर उपमहानगरपालिका-५ बरुवा बस्ने २७ वर्षीया हिरा बिक रहेका छन् ।

ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!