मेस्सी पुस्कास अवार्डको मनोनयनमा

- August 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी । बार्सिलोनाका सुपर स्टार लियोन मेस्सी सातै पटक पुस्कास अवार्डको मनोनयनमा परेका छन् । सोमबार गरिएको पुस्कास अवार्डको मनोनयमा मेस्सी समेटिएका हुन् ।

सिजनको उत्कृष्ट गोलका आधारमा पुस्कास अवार्डको मनोनयन गरिन्छ । मेस्सी सातपटक पुस्कास अवार्डकाे मनोनयमा परे पनि हालसम्म अहिले याे अवार्ड भने जित्न सकेका छैनन् ।

मेस्सीले युरोपका अन्य व्यक्तिगत उपाधि लगभग पुस्कास अवार्डबाहेक सबै जितिसकेका छन् । उनले बालोन डी ओर मात्रै उनले आफ्नो जीवनमा ५ पटक जितिसकेका छन् ।

याे पटक मेस्सीसँगै इब्राहिमोभिच म्याथुज चुन्हा, अजरा एचोट, फाबियो क्लाग्लिएर्ला, हुवान फर्नेनान्डो क्वान्टिरो, एमी रोड्रिग्वेज, बिली सिम्पसन, आन्द्रोस टाउसेन्ड र डानियल सोरी पनि याे अवार्डकाे लागि मनाेनयनमा परेका छन् ।

यो अवार्डका लागि मेस्सीपछि नेयमार ५ पटक, ज्लाटान इब्राहिमोभिच ४ पटक तथा क्रिस्टियानो रोनाल्डो २ पटक मनोनयनमा परेका छन् । अहिलेसम्म पुस्कार अवार्ड रोनाल्डो, नेयमार, हामेस रोड्रिग्वेज, ओलिभर जिर्रोड र इब्राहिमोभिचले जितेका छन् ।

फिफाको अफिसियल वेबसाइटमा समर्थहरुले सेप्टेम्बर १ सम्म भोट गर्न पाउने बताइएको छ । मतपछि फिफाका तीन सदस्यीय टोलीले विजेताको घोषणा गर्नेछन् । सेप्टेम्बर २३ मा मिलानमा हुने द बेस्ट अवार्डकै दौरान पुस्कास अवार्डको विजेता घोषणा गरिनेछ । साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!