रविजीलाई सञ्चारगृहभित्रै पसेर पक्राउ गर्नु गलत हाे : पूर्व एआइजी शर्मा (भिडियो सहित )

- August 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माले सञ्चारकर्मी रवि लामिछानेलाई प*क्राउ गर्दा प्रयोग गरिएको व्यवहारलाई लिएर असहमति जनाउनुभएको छ ।

घ*टनाबारे लगाइएको आरोपलाई लिएर रविजीले प्रहरी अनुसन्धानलाई सहयोग गर्ने र दोषी देखिए कार*वाही भोग्ने नैतिक साहस देखाइसकेको अवस्थामा कुनै उजुरी वा किटानीविना नै सञ्चारगृहभित्रै प्रवेश गरेर प*क्राउ गर्नु गल्ती भएको उहाँको टिप्पणी थियो ।न्युज २४ को नियमित प्रस्तुति ६ प्रश्नमा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुरा गर्दै पूर्व एआइजी शर्माले शालिग्राम पुडासैनी प्रकरणको ‘भिडियो लिक’ भएको सम्बन्धमा पनि प्रहरीलाई उम्कने ठाउँ नरहेको जिकिर गर्नु भयो ।उहाँले प्रहरीको अनुसन्धान जस भन्दा बढी अपजस कमाउने ठाउँ बनेको गुनासो गर्दै रविजीको अनुसन्धान प्रक्रियामा केही गल्तीहरु भएको टिप्पणी भने गर्नु भयो । साभार ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!