चलचित्र ‘बादशाह जुट’ कार्तिक १ गते रिलिज गरिदै

- August 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

समीर नेपाल, काठमाडौं । रिलिज डेट तय गर्दै चलचित्र ‘बादशाह जुट’को पोस्टर सार्वजनिक गरिएको छ । एक्सन जनराको यो चलचित्र अब भने कार्तिक १ गते रिलिज हुनेछ ।

गत सालको पुष १३ गते रिलिज हुने भनिएको चलचित्र बिभिन्न कारणबस प्रदर्शन हुन सकेको थिएन । झन्डै १० महिनाको पर्खाइ पश्चात निर्माण टिमले नयाँ रिलिज चुनेको हो ।

निर्देशक जोनी सिंह राणाले भनेका छन् – ‘प्राविधिक काम सबै सकिएको छ । रिलिजको लागि तयार छौँ । कार्तिक १ को डेटमा आउन हामीलाई कुनै बाधाअड्चनले रोक्दैन ।’

निर्देशक राणाकै कथा रहेको चलचित्रमा शुशिल श्रेष्ठ, आमिर गौतम, रोबिन तामाङ, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिषेक शशि कुमारको लेखन रहेको चलचित्रमा कृष्ण भारद्वाजको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेतीको छायाँकन र दिर्घ खड्काको सम्पादन छ ।

एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको सिनेमामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले लगानी गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!