सिंहदरबारभित्र नायव सुब्बा मृत भेटिए

- August 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सिंहदरबारभित्रै एक कर्मचारी मृत अवस्थामा भेटिएका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी कार्यालयमै मृत अवस्थामा भेटिएका हुन्।

उनको शवसँगै बिषको बट्टा पनि फेला परेको महानागरीय प्रहरी सुरक्षा गण सिहंदरबारका प्रहरी निरीक्षक दीपक मग्रान्तीले जानकारी दिए।

उनको शव भेटिएको ठाउँमा सेल्फसका ट्याब्लेट्सहरु भेटिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा उनी सधैं ढिलोसम्म कार्यालयमै रहने गरेको देखिएको छ। त्यसैले उनको मृत्यु हिजो भएको हो या आज बिहान भन्ने समेत यकिन भइसकेको छैन।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!