लाहुरेकी श्रीमतीले काठमाडौको होटलमा जीवन त्याग्नुको कारण यस्तो रहेछ

- August 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । तनँहु रुपाकोटकी ३८ वर्षीया दिलमाया गुरूङको पहिलो श्रीमानसँग २०१८ मा डिभोर्स भयो । डिभोर्स अघि नै दिलमायाको दिल पोखराका सन्जीव गुरूङतिर नजिकिन पुग्यो । दुई बच्चाकी आमा दिलमाया र सन्जीव २०१४ देखि नै एक अर्काको अफेयरमा थिए । त्यो बीचमा उनीहरूबीच शारीरिक सम्बन्ध पनि भयो । २०१८ मा पहिलो श्रीमानसँग सम्बन्ध बिच्छेद गरेसँगै दिलमाया सन्जीवको पत्नि बन्न पुगिन् ।

भारतीय आर्मीमा कार्यरत पोखरा–१३ अन्नपूर्णमार्ग घर भएका सन्जीव दिलमायासँग विहे गर्न तयार भए । डिभोर्स पहिला नै शारीरिक सम्बन्ध रहेका कारण दिलमायाले सन्जीवलाई पेटमा बच्चा रहेको जानकारी गराईन् । उक्त जानकारी पाएपछि सन्जीव खुशी बने । र उनले दिलमायालाई भने ‘तिम्रो पेटमा भएको बच्चालाई म स्वीकार गर्छु ।’

उनीहरू बच्चालाई खुला संसार देखाउन आतुर थिए । त्यहीबीचमा दिलमायाले जालझेल गर्न थालिन् । सन्जीव आफ्नो कार्य क्षेत्र सिलानेमा रहँदा दिलमायाले बच्चा भएको जानकारी गराइन् । त्यसपछि उनी घर आए । घर पुगेपछि उनले बच्चा खोज्न थाले । दिलमायाले तीन वर्षदेखि श्रीमान, सासु ससुरा तथा घर परिवारलाई आफ्नो बच्चा रहेको जानकारी गराउँदै आइन् ।

त्योबीचमा सन्जीवले पनि बच्चालाई लिएर आउँ म घरमा राख्छु भन्दै आए । तर दिलमायाले कहिले काठमाडौं होस्टेलमा राखेकी छुँ भन्न थालिन्, कहिल्यै कतै राखेको भनेर वाहना बनाउन थालिन् । उक्त बाहना विगत ३–४ वर्षदेखि चल्दै आयो । ढाट्ने काम धेरै भएपछि पोखराबाट सासु ससुरा तथा श्रीमान नै काठमाडौं आएर ‘बच्चा कता छ ? हामीलाई देखाउँ’ भने । केहि दिन अगाडि काठमाडौंको सुन्धारास्थित नागराज होटलको चौथो तलाको रुम नम्बर ४०२ मा बसे । त्यहाँ पनि श्रीमान, सासु ससुरा तीनै जना मिलेर ‘खै त बच्चा’ भने । बच्चा देखाउन नसकेपछि उनले चौथो तलाको झ्यालबाट हाम फालेर आफ्नो प्राण नै त्याग गरिन् । शनिवार बिहान साढे आठ बजेतिर दिलमायाले प्राण त्याग गरेकी हुन् ।

मृत्युपछि दिलमायाका माइतिपक्ष र घर परिवारबीच छलफल गराईएको महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी प्रमुख डिएसपी बासुदेव खतिवडाले जानकारी दिए । ‘बच्चा देखाउने भन्दै विगत लामो समयदेखि ढाट्दै आएको देखिन्छ । अन्ततः बच्चा देखाउन नसक्दा यो बाटो रोजेको प्रारम्भिक अध्ययनले देखाएको छ ।’ डिएसपी खतिवडाले भने । चार तलाबाट हाम फाल्दा दिलमायाको टाउँकोमा चोट लागेको छ । टाउँकोबाट रगत समेत बगेको छ भने शरिरका अन्य भागमा सामान्य चोट लागेको छ । प्रत्यक्षदर्शीहरूका अनुसार उनले एकाएक झ्याल खोलिन र हाम फालिन् । भूईमा बजारिएको करिब १५ मिनेटसम्म उनी छटपटाईरहिन् ।

सँगैको अर्को होटलमा बस्दै आएका एक व्यक्तिका अनुसार उनी भूईमा बजारिँदा मोटरसाइकलले कसैलाई ठक्कर दिएजस्तो चर्को आवाज आएको थियो । उनी चर्को स्वरले कराएकी थिइन् । सवारी दुर्घटना भएछ कि भन्दै हेर्न बाहिर आएका उनीहरूले सडकमा ति महिला छटपटाइरहेकी देखेका थिए । उनीहरूले प्रहरीलाई खबर गरेसँगै हस्पिटल लैजाने तयारी गरेका थिए । तयारी पूरा नहुदैं उनले त्यही अन्तिम स्वास फेरिन् ।

सन्जीवले बच्चा जसको भए पनि ‘म स्वीकार गर्छु’ भन्दै आएका थिए । तर विभिन्न वाहना बनाउँदै आएकी थिईन् । सुरू देखि नै ढाट्दै आएपछि अहिले आएर आत्मग्लानी भएपछि यस्तो निर्णय पुगेको हुने सक्ने प्रहरीले अनुमान गरेको छ । तर दिलमायाका घर परिवार तथा माइती पक्ष भने ‘मैले ढाट्दै आए, बच्चा छैन्’ भनेको भए पनि केही नबिग्रिने बताउँदै आएका थिए । साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!