दिपकराज गिरीले रवि लामिछानेलाई नआत्तिन सुझाव दिँदै भन्छन् : त्यो पिडा मलाई थाहा छ सत्यको अवस्य जित हुन्छ

- August 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा पत्रकार रवि लामिछाने अहिले प्रहरीको नियन्त्रणमा छन् । यो विषयले अहिले सामाजिक संजालदेखि सडकसम्म तातेको छ । उनको पक्ष र विपक्षमा आवाज उठाउनेहरुको ठूलो जमात छ ।पत्रकारिता मार्फत जनमानसमा राम्रो छवि बनाएका रविको विषयमा धेरै कलाकारहरुले आफ्नो प्रतिक्रिया राख्दै आएका छन् ।

कलाकार दिपकराज गिरी पनि यो विषयमा लगातार आफ्नो प्रतिक्रिया दिँदै आएका छन् । केही समयअघि मात्रै उनले आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै आत्महत्या गर्न बाध्य पार्ने आरोप लाग्दा कति पीडा हुन्छ त्यो आफूलाई थाहा भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘आ*त्मह*त्या गर्न बाध्य पार्ने आरोप लाग्दा कति पीडा हुन्छ भन्ने अनुभव मलाई छ… निन्द्रा बिनाका धेरै रातहरु बिताएको छु… त्यसैले रविजीको अवस्था पनि अनुमान गर्न सक्छु… सत्य जितोस् असत्य हारोस् ।’ केही वर्षअघि दीपकराज गिरीलाई पनि यस्तै आरोप लागेको थियो ।

चलचित्र ‘छक्का पञ्जा’को अनलाइन पाइरेसी भएपछि उक्त घटनामा दोषी मानिएका कृष्ण सुवेदीले अनावश्यक मानसिक यातना सहन नसकी आ*त्मह*त्या गरेका थिए । जसमा दिपकराज गिरीको नाम पनि मुछिएको थियो ।यतिबेला विश्वमा छरिएर रहेका नेपाली रविको साथ र बिपक्षमा उभिएको प्रष्ट देख्न सकिन्छ | देश पुरै रबिमय भएको छ | मिडियामा रबि प्र*करणकै कारण अन्य खबर ओझेलमा परिरहेका छन् | सामाजिक संजाल पुरै तातेको अवस्था छ भने काठमाडौं र चितवन सडकमा प्रदर्शन जारि रहेको छ |साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!